काठमाडौः नेसनल लाईफ ईन्स्युरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । शुक्रवारबाट कम्पनीको २० लाख ४ हजार ६६६ दशमलब ५७ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । यो सँगै कम्पनीको चुक्ता पूँजि ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५० करोड ११ लाख नगद तथा ४ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । गत वर्ष कम्पनीले ४० करोड ६३ लाख नाफा आर्जन गरेको थियो ।
साझा अर्थ संवाददाता