पात्रो

रेडियो

समाचार खोजी

अन्तिम कारोबार दिन सात अर्ब १९ करोडको कारोबार

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २.४७ अंकले बढेर २७ सय ४५.३६ को विन्दुमा बन्द भएको छ ।  आज  ३ सय १६ कम्पनीका १ करोड ८८ लाख ७ हजार  कित्ता सेयर किनबेच हुँदा  ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ७ समुहको परिसुचकमा वृद्धि देखिएको छ । आज ८९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने बाँकी १ सय ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।  कुमारी बैंकको सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता