बजाज डोमिनारको टोली निस्कियो लद्दाख यात्रामा
बजाज डोमिनार चार सय राइडरको नौ सदस्यीयको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । टोली ५,८८३ मिटर उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । द ग्रेट हिमालयन ओडिसी नाम दिइएको मोटरसाइकल यात्राले ६ हजार किमिभन्दा बढीको दूरी तय गर्नेछ ।
बजाज डोमिनार नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित हुनुको साथै मोटरसाइकल राइडर र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ ।
‘बजाज डोमिनार राइडरले यो ठुलो चुनौतीको सामना गरेको देखेर हामी खुसी भएका छौँ,’ बजाज मोटरसाइकलका मार्केटिङ हेड अमितराज चालिसेले उत्साह व्यक्त गर्दै भने, ‘विश्वको अग्लो मोटरेबल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारको साहस र आत्मबलको प्रशंसा गर्नैपर्छ ।’
यस अभियानको नेतृत्व टोलीका कप्तान मनीष देवकोटाले गरेका छन् । उनले भने, ‘उम्लिङ ला पुग्न धेरै राइडरहरूका लागि सपना थियो र यो हाम्रो सपना साकार हुँदै छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो ।’
यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ संकल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतीपूर्ण भूभाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक पुग्न सकिने स्थानसम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुने कम्पनीको दाबी छ ।
116
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो