नेपाल वायुसेवा निगमले चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असोजको किस्ताबापत पूरै र दुई वाइडबडीको आंशिक किस्ता तिरेको हो ।
दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी ३० असोजका दिन ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।
पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।
साझा अर्थ संवाददाता