काठमाण्डौ । प्रभु बैंक लिमिटेडले तीन लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको सस्थापक आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
शुरुमा संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएको थियो । तर, कुनै पनि सस्थापक शेयरधनीको आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता