पात्रो

रेडियो

समाचार खोजी

शेयर धितो कर्जामा करिब एक खर्व लगानी

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

काठमाडौंः चालु आर्थिक वर्षको भाद्र मसान्त सम्ममा बैंकहरु तथा वित्तीय संथाहरुबाटले करिब एक खर्ब शेयर धितो (मार्जिन प्रकृति) कर्जामा लगानी गरेका छन् । सो अवधि सम्ममा कुल ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ बैंकहरु तथा वित्तीय संथाहरुबाटले कर्जा प्रवाह गरेका हुन् ।

घट्दो ब्याजदर तथा सेयर मूल्य सस्तो हुँदा समग्रमा सेयर धितो कर्जा बढेको एक बैंङ्करले बताए । अहिले कतिपय बैंकले आधार दरमै सेयर धितो कर्जा प्रवाह गर्ने गरेका छन् । समग्रमा एकल अंककै ब्याजमा सेयर धितो कर्जा पाइने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई बढीमा १५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न सक्छन् भने संस्थाका हकमा यस्तो सीमा तोकिएको छैन ।  एउटा बैंकले सेयर धितो कर्जामा कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै दिन पाउने कानुनी व्यवस्था रहेको छ । समग्रमा एक वर्षको अवधिमा शेयर धितो कर्जा २८ दशमलब ४ प्रतिशतले बढेको पाइएको छ ।

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ