पात्रो

रेडियो

समाचार खोजी

नेप्से ४३.२२ अंक बढेर २७४२.८८ बिन्दुमा

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार



काठमाडौं। दशैपछिको दोस्रो कारोबार दिन पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ। बुधबार  नेप्से ४३.२२ अंक बढेर २७४२.८८ बिन्दुमा पुगेको छ।


आज नेप्सेमा कुल ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार कारोबारमा आएकामध्ये २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।   विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३३ प्रतिशत, इस्टर्न हाइड्रापावरको सेयर मूल्य ९.२४ प्रतिशतले बढेको छ। अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। 

बुधबार बैंकिङ समूहको सेयर मूल्य १.९८ प्रतिशत, विकास बैंक समूहको १.८५ प्रतिशत, फाइनान्स समूहको ०.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य २.१३ प्रतिशतले बढेको छ। लगानी समूहको सेयर मूल्य १.६९ प्रतिशत, जीवन बिमा समूहको १.८० प्रतिशत, उत्पादन समूहको १.३६ प्रतिशत, लघुवित्त समूहको १.४८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.३८ प्रतिशतले बढेको छ। 

317 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता