पात्रो

रेडियो

समाचार खोजी

दशैंको बिदापछि ३१.४८ अंकले नेप्से सकारात्मक

साझा अर्थ संवाददाता २९ असोज २०८१, मङ्गलवार

काठमाण्डौ । दशैं बिदापछि खुलेको नेपाल स्टक एक्सचेञ्च (नेप्से)  परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा पुगेको छ ।

 यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.६१ प्रतिशतले बढेर ३ हजार ३९०.३४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक १.५६,वित्त ४.६१,होटल ०.८०,हाईड्रो ०.७२,लगानी १.५२,जीवन बीमा १, लघुवित्त ०.७२,म्युचुअल फण्ड ०.२३,निर्जीवन बीमा ०.५१ र अन्य समूह १.२१ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूह  ०.२२ प्रतिशतले ओरालो लाग्यो ।  

  
392 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता