पात्रो

रेडियो

समाचार खोजी

निफ्राद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पच्चीस लाख सहयोग

साझा अर्थ संवाददाता २० असोज २०८१, आइतवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पच्चीस लाख सहयोग गरेको छ। हालै परेको अविरल वर्षाको कारण काठमाडौ उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुवानमा परी ठूलो धनजनको क्षती भएकोमा खोज, उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको निफ्राले जनाएको छ। 

यो सहयोग बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको निफ्राले जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्। 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ