पात्रो

रेडियो

समाचार खोजी

शरद्कालीन सिजनमा कुन हिमाल चढ्न कति आरोहीले लिए अनुमति ?

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

 

शरद्कालीन सिजनमा हिमाल आरोहण गर्न आरोहीहरु धमाधम तयारी गरिरहेका छन् ।  हालसम्म ६१ टिमबाट पाँच सय १० आरोहीले बिभिन्न हिमाल आरोहण गर्न अनुमति लिएकोे पर्यटन विभागले जनाएको छ ।  हिमाल आरोहीहरूबाट चार करोड ९७ हजार रोयल्टी संकलन भइसकेको छ । २४ हिमाल आरोहणका लागि ५८ देशका नागरिकले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लु (८,१६३ मि) हिमाल आरोही रहेका छन् । मनास्लु आरोहणका लागि २८ टिमबाट तीन सय आठजनाले अनुमति लिएको विभागको तथ्यांक छ ।  


विभागका अनुसार पुथा हिउँचुली आरोहण गर्न २८, धौलागिरि प्रथमका लागि १४, कुम्भकर्णका लागि १०, आमादब्लमका लागि १८, थोरोङ पिकका लागि २४, हिमलुङ हिमालका लागि ३०, वरुण त्सेका लागि १२ जनाले आरोहण अनुमति लिएका छन् । 

यस्तै, अन्नपूर्ण चौथो आरोहण गर्न पाँच, थाकरक गो इस्टका लागि चार, पुंगीका लागि पाँच, अरनिको चुलीका लागि तीन, अपिका लािग ६, मकालुका लागि दुई, चोयुका लािग चार, नीलगिरि नर्थका लागि दुई, थापा पिक ९धम्पुस०का लागि आठ, चण्डी हिमालका लागि चार, टक्ला खाङका लागि तीन, सेन्चुरी पिकका लागि पाँच, टुकुचे पिकका लागि चार, लाङटाङ लिरुङका लागि तीन, पान्द्राका लागि तीन र सरिबुङ हिमाल आरोहण गर्न पाँचजनाले अनुमति लिएको विभागले जनाएको छ । 

300 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता