साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंक २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ । आज नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको थियो ।
बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबैमा गिरावट छायो । आज वित्त समूह १.७५ प्रतिशतले बढ्यो ।
यस्तै आज निर्जीवन बीमा समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.८२ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७१ प्रतिशत, विकास बैंक १.३८,होटल १.७९,हाईड्रो १.७४,लगानी १.५२,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन १.७९,लघुवित्त १.१२,म्युचुअल फण्ड ०.४१,अन्य ०.०३ र व्यापार समूह १.१८ प्रतिशतले घट्यो ।
साझा अर्थ संवाददाता