पात्रो

रेडियो

समाचार खोजी

यामाहाको ‘बिगेस्ट १०शैं’मा  १० लाख जित्ने मौका

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

 

यो वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यामाहा नेपालको ‘बिगेस्ट १०शैं’ योजनाअन्तर्गत ग्राहकले स्योरसट नगद र उपहार जित्ने क्रम देशैभर जारी रहेको छ । कम्पनीका अनुसार यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योरसट नगद उपहारअन्तर्गत २० हजार, ५० हजार र एक लाख रुपैयाँ नगद उपहार धेरै ग्राहकले जितिसकेको कम्पनीले जनाएको छ । साथै, अन्य रोमाञ्चक गिफ्ट ह्याम्पर पनि जित्ने क्रम जारी रहेको बताइएको छ । 

अफरभरि यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट नगद छुट उपहार प्राप्त गर्न सक्नेछन् । १० लाख रुपैयाँको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै बाँकी रहेको यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।

एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनमा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरको खरिदसँगै १० लाख जित्ने अवसर र दुईवटा मोडलमा एफआई १० वर्षे वारेन्टीले यो वर्षको दसैँ बिगेस्ट दसैँ हुने अपेक्षा कम्पनीले गरेको छ ।

298 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ