पात्रो

रेडियो

समाचार खोजी

नेप्सले बनायो लगानीकर्तालाई फेरी निराश

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

 
आज बजार सेयर बजार इन्डेक्स नेप्से ३२.८१ अंकले घटेको छ । बिहिबार करिब ५० अंकले बढेर लगानीकर्तालाई आशा जगाएको नेप्सेले अन्तिम दिन फेरी निराश बनाएको छ । आज १.३० प्रतिशतले बजार घट्दा नेप्से २४८६।७६ अंकमा ओर्लिएको छ । बिहिबार ३२२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार ५ सय ५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २०।१४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ९।८५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ अर्ब ७९ करोड ९६ लाख ७ हजार २ सय २४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

साताको पहिलो दिन आइतबार ११।५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०।६९ रुपियाँ, सोमबार ५९।०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३  लाख रुपियाँ, मंगलबार ५८।९३ अंकले बजार घट्दा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६।६९ रुपियाँ र हिजो बुधबार ४९।१८ अंकले बजार बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४।४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 

316 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता