पात्रो

रेडियो

समाचार खोजी

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश दिने

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई  प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश दिने भएको छ ।  असोज ९ गते बसेको कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट लाभांश दिने घोषणा गरेको हो । यो पछिल्लो १० वर्षमा  सबैभन्दा उच्च हो ।  

साथै कम्पनीले आगामी असोज २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।  

बुधबार बजार बन्द हुँदा उक्त कम्पनीको मूल्य प्रतिकित्ता ५० हजार ३९८ रुपैयाँ ९० पैसा छ । यो दोस्रो बजारमा सूचीकृत नेपालको सबैभन्दा महँगो हो ।  

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता