पात्रो

रेडियो

समाचार खोजी

सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ९ असोज २०८१, बुधवार

 

सुपर मादी हाइड्रोपावरले  शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यसैगरी, सोही बैठकले लाभांशसहितका प्रस्तावहरु पारित गर्न आगामी कात्तिक ५ गते होटल इम्पेरियलमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ।  

त्यसैगरी,सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने, सोसम्बन्धी र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

 

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्