पात्रो

रेडियो

समाचार खोजी

२५ सय बिन्दुबाट पनि तल झर्यो नेप्से

साझा अर्थ संवाददाता ८ असोज २०८१, मङ्गलवार

 

साताको तेस्रो कारोबार दिन मंगलबार पनि बजार दोहोरो अंकले घटे पछि नेप्से २५ सय बिन्दु तल झरेको छ ।  आज नेप्से परिसूचक  ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा आइपुगेको छ ।

यो दिन ३०९ वटा कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  
आज राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ९.५२ अंकले घटेर ४४४.८८विन्दुमा पुगेको छ।
यो दिन २३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० वटा कम्पनीको शेयरमूल्य बढेको छ । एक वटा कम्पनीको मूल्य भने स्थिर छ । यो दिन पनि सबैभन्दा बढी वित्त उपसमूहको परिसूचक  ४.६० प्रतिशतले घटेको छ ।त्यस्तै दोस्रोमा विकास बैंक उपसमूह ३.०३ प्रतिशतले, लगानी उपसमूह २.९८ प्रतिशतले घटेको छ ।

284 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता