काठमाडौँ, २६ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले स्थिर विनिमयदरअनुसार १०० भारतीय रुपैयाँको खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ कायम गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२.३३ र बिक्रीदर रु १५२.९३, युरोपियन युरो एकको खरिददर रु १७४.०९ र बिक्रीदर रु १७४.७८ तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०४.२२ र बिक्रीदर रु २०५.०३ निर्धारण गरिएको छ।
त्यसैगरी, स्विस फ्र्याङ्क एकको खरिददर रु १८८.७७ र बिक्रीदर रु १८९.५२, अष्ट्रेलियन डलर एकको खरिददर रु १०५.६९ र बिक्रीदर रु १०६.१०, क्यानेडियन डलर एकको खरिददर रु १०७.४३ र बिक्रीदर रु १०७.८५ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११७.८२ र बिक्रीदर रु ११८.२८ कायम गरिएको छ।
१० जापानी येनको खरिददर रु ९.३८ र बिक्रीदर रु ९.४२, चिनियाँ युआन एकको खरिददर रु २२.४२ र बिक्रीदर रु २२.५१, साउदी अरेबियन रियाल एकको खरिददर रु ४०.५७ र बिक्रीदर रु ४०.७३, कतारी रियाल एकको खरिददर रु ४१.७९ र बिक्रीदर रु ४१.९५ तथा थाई भाट एकको खरिददर रु ४.५६ र बिक्रीदर रु ४.५७ तोकिएको छ।
यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर रु ४१.४८ र बिक्रीदर रु ४१.६४, मलेसियन रिङ्गिट एकको खरिददर रु ३७.३६ र बिक्रीदर रु ३७.५१, १०० दक्षिण कोरियाली वनको खरिददर रु १०.०७ र बिक्रीदर रु १०.११, स्विडिस क्रोनर एकको खरिददर रु १५.७३ र बिक्रीदर रु १५.७९, डेनिस क्रोनर एकको खरिददर रु २३.२९ र बिक्रीदर रु २३.३८ तथा हङकङ डलर एकको खरिददर रु १९.४४ र बिक्रीदर रु १९.५१ निर्धारण गरिएको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर रु ४९४.९८ र बिक्रीदर रु ४९६.९३, बहराइन दिनार एकको खरिददर रु ४०४.०० र बिक्रीदर रु ४०५.६० तथा ओमानी रियाल एकको खरिददर रु ३९५.६४ र बिक्रीदर रु ३९७.२० कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले खुला बजार विनिमय प्रणालीअन्तर्गत विभिन्न वाणिज्य बैंकले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदरमा केही फरक हुन सक्ने जनाएको छ।