पात्रो

रेडियो

समाचार खोजी

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

काठमाडौं,२३ असारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले भारतीय रुपैयाँको स्थिर विनिमय दरअनुसार १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा, युरो १ को खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९१ पैसा तथा स्विस फ्र्याङ्क १ को खरिददर १८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा, क्यानडेली डलर १ को खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा, जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तथा चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ।

यस्तै, साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा, थाई भाट १ को खरिददर ४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा, यूएई दिर्हाम १ को खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तथा मलेसियाली रिङ्गिट १ को खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

यसैगरी, दक्षिण कोरियाली वन (१००) को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा, डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा, हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ २० पैसा, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा तथा ओमानी रियाल १ को खरिददर ३९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले खुला बजार विनिमय प्रणालीअन्तर्गत विभिन्न वाणिज्य बैंकले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने जनाएको छ। आवश्यकता अनुसार राष्ट्र बैंकले जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सक्ने पनि जनाएको छ।

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्