काठमाडौं, १८ असारः नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्वारा जारी विवरण अनुसार अमेरिकी डलर एकको खरिद मूल्य १५२.१० रुपैयाँ र बिक्री मूल्य १५२.७० रुपैयाँ तोकिएको छ । यस्तै, युरोपियन यूरो १७३.२१ रुपैयाँ खरिद र १७३.८९ रुपैयाँ बिक्री हुनेछ भने बेलायती पाउन्ड स्टर्लिङको २०१.४७ रुपैयाँ खरिद र २०२.२७ रुपैयाँ बिक्री मूल्य तय गरिएको छ । स्विस र्फ्यांक १८७.६७ रुपैयाँ खरिद र १८८.४१ रुपैयाँ बिक्री हुनेछ ।
त्यस्तै, अस्ट्रेलियन डलरको खरिददर १०४.७८ रुपैयाँ र विक्री दर १०५.२० रुपैयाँ, क्यानेडियन डलरको १०६.९३ रुपैयाँ खरिद र १०७.३५ रुपैयाँ बिक्री दर रहेको छ । सिङ्गापुर डलरको ११७.२९ रुपैयाँ खरिददर र ११७.७६ रुपैयाँ बिक्री दर हुने जनाइएको छ । जापानी येन (प्रति १० येन) ९.३५ रुपैयाँ खरिद र ९.३८ रुपैयाँ बिक्री दर हुने छ भने चिनियाँ युआन एकको खरिददर २२.३९ रुपैयाँ तथा विक्री दर २२.४७ रुपैयाँ हुनेछ । थाई भाट एकको खरिददर ४.५६ रुपैयाँ र विक्रीदर ४.५७ रुपैयाँ रहेको छ ।
दक्षिण कोरियाली वन (प्रति १००) ९.७६ रुपैयाँ खरिद दर र ९.८० रुपैयाँ बिक्री दर , कुवेती दिनार ४९३.९९ रुपैयाँ खरिददर र ४९५.९४ रुपैयाँ बिक्री दर तथा बहराइन दिनार ४०३.४५ रुपैयाँ खरिद दर तथा ४०५.०५ रुपैयाँ बिक्रीदर हुने राष्ट्रबैंकले जनाएको छ ।
खुला बजारमा भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले मुद्रा विनिमय दर निर्धारण गर्न सक्ने जनाएको छ । विभिन्न बैंकहरूले दिने खरिद–बिक्री मूल्यमा केही फरक पर्न सक्ने राष्ट्र बैंकको भनाई हरेको छ ।