पात्रो

रेडियो

समाचार खोजी

भदौ मसान्तसम्म बैंकहरुको कर्जा बिस्तार ४६ खर्ब २६ अर्ब

साझा अर्थ संवाददाता ८ असोज २०८१, मङ्गलवार

भदौमा वाणिज्य बैंकहरूले मात्रै ५३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौ मसान्तसम्म बढेर ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । 

नेपाल बैंकर्स संघका अनुसार २० वाणिज्य बैंकको कर्जा–निक्षेपसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।  भदौको कर्जा प्रवाह पछिल्लो आठ महिनायताकै उच्च हो । यसअघि पुस ०८० मा ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । साथै, यो गत आवको भदौ महिनाकै तुलनामा पनि १०.१ प्रतिशतले बढी हो । गत आवको भदौमा मात्रै ४८ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो ।  

भदौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप ७३ अर्ब रुपैयाँले बढेर ५७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरूमा भएको निक्षेप ५७ खर्ब १६ करोड रुपैयाँ थियो ।  भदौसम्ममा वाणिज्य बैंकहरूमा ऋण दिन मिल्ने रकम भने ६ खर्ब ४० अर्ब रुपैयाँ देखिएको छ । भदौ मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.९४ प्रतिशत छ । 

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता