काठमाडौ, २० असारः भक्तपुरमा उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप ब्यावसायीहरुलाई पुस्कृत गरिएको छ । राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई शुक्रवार जनही रु दुई लाखसहित पुरस्कृत गरेको हो ।
उक्त पुरस्कारबाट सम्मनित हुनु हुनेहरुमा यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठलाई पुरस्कृत गरिएको परिषदले जनाएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्नु भएको थियो ।