पात्रो

रेडियो

समाचार खोजी

सुन प्रतितोला २ लाख ९० हजार नाघ्यो

यसअघिको कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार

काठमाडौँ, १९ असार: नेपाली बजारमा आज सुनको मूल्यमा अहिलेसम्मकै ठूलो र उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघिको कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ७ हजार २०० रुपैयाँकै तीव्र वृद्धि भएको छ। महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ९० हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ८०० रुपैयाँ रहेको थाहा भएको छ। सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ। चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु