पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशमा सवारी लाइसेन्स शुल्कमा दोब्बर वृद्धि

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को शुल्कमा शतप्रतिशत वृद्धि गरेको छ। आगामी साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार लाइसेन्सको आवेदन शुल्क ५ सयबाट बढेर १ हजार रुपैयाँ पुगेको छ। यसैगरी मोटरसाइकल र स्कुटरको नवीकरण शुल्क १ हजार ५ सयबाट बढेर ३ हजार रुपैयाँ कायम गरिएको छ।

नयाँ दररेटअनुसार कार, जिप र भ्यानको नवीकरण शुल्क ४ हजार तथा भारी सवारीसाधनको शुल्क ६ हजार रुपैयाँ पुर्‍याइएको छ। लाइसेन्समा नयाँ वर्ग थप गर्दा लाग्ने शुल्कसमेत दोब्बर बनाइएको छ। सरकारले राजस्व व्यवस्थापनलाई मजबुत बनाउन यो कदम चालिएको जनाए पनि एकैपटक सय प्रतिशत शुल्क वृद्धि गरिँदा सेवाग्राहीहरू भने प्रत्यक्ष मर्कामा पर्ने देखिएको छ। शुल्क दोब्बर बढाइए पनि लाइसेन्सको १० वर्षे वैधता अवधिलाई भने सरकारले यथावत् राखेको छ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु