पात्रो

रेडियो

समाचार खोजी

धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्ने स्वीकृति

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक लिमिटेडलाई '१० वर्ष, ७ प्रतिशत लक्ष्मी सनराइज ऋणपत्र २०९२' जारी गर्न अन्तिम स्वीकृति दिएको छ। नियामक निकाय धितोपत्र बोर्डले गत असार ९ गते यस ऋणपत्रलाई निष्कासनको अनुमति दिएको हो। यस व्यवस्थासँगै बैंकले आफ्नो व्यवसाय विस्तारका लागि पूँजी सङ्कलन गर्ने बाटो खुलेको छ।

प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको कुल ३० लाख कित्ता जारी गरिनेछ। जसमध्ये १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ। १० वर्षे अवधिको यस ऋणपत्र विक्रम संवत् २०९२ मा परिपक्व हुनेछ भने लगानीकर्ताले वार्षिक ७ प्रतिशतका दरले प्रतिफल पाउनेछन्।

6 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु