पात्रो

रेडियो

समाचार खोजी

प्राइम कमर्सीयल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौंः प्राइम कमर्सीयल बैंक लिमिटेडको  ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । आजबाट सो ऋणपत्रको निष्काशन तथा विक्री खुल्ला भएको हो । 
१० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा  प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरिएको बैकले जनाएको छ ।

प्रति ऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएको बैकको भनाई रहेको छ ।  सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।  निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार ३० गते  धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड ले जनाएको छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु