पात्रो

रेडियो

समाचार खोजी

विद्युत प्राधिकरणले ३४ बैंक तथा वित्तीय संस्थाको डिबेन्चर बिक्री गर्ने

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार: नेपाल विद्युत प्राधिकरणको अवकाश कोष व्यवस्थापन महाशाखाले आफ्नो लगानी सुरक्षित र विविधीकरण गर्ने उद्देश्यले पोर्टफोलियोमा रहेका ३४ वटा बैंक तथा वित्तीय संस्थाका ऋणपत्र (डिबेन्चर) खुला बजारमा बिक्री गर्ने भएको छ। प्राधिकरणले सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण ऋणपत्रहरू दोस्रो बजारमा प्रतिस्पर्धात्मक दरमा बिक्री गर्न लागेको जनाएको हो।

बिक्रीमा राखिएका ऋणपत्रहरू कुनै पनि बन्धक वा रोक्का नरहेको र सहजै हस्तान्तरण गर्न योग्य अवस्थामा छन्। लगानीकर्ताहरूले भोलि असार १६ गते मंगलबारदेखि धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकर कम्पनीहरूमार्फत प्रतिस्पर्धात्मक दर तोकेर यी ऋणपत्रहरू खरिद गर्न सक्नेछन्।

कोषले बिक्री गर्न लागेका प्रमुख ऋणपत्रहरूमा कुमारी बैंकको ४ लाख ६४ हजारभन्दा बढी कित्ता, ग्लोबल आइएमई बैंकको २ लाख ९९ हजार कित्ता, सिद्धार्थ बैंकको २ लाख ९१ हजार कित्ता र एभरेष्ट बैंकको २ लाख ५५ हजार कित्ता रहेका छन्। यसबाहेक नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नागरिक लगानी कोष लगायतका शीर्ष संस्थाहरूको ऋणपत्र पनि बिक्री सूचीमा समावेश छ।

67 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु