पात्रो

रेडियो

समाचार खोजी

स्नो रिभर्स लिमिटेडको सेयर नेप्सेमा सूचीकृत, असार १२ देखि कारोबार सुरु हुने

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार
समाचार सारांश
  • नेप्सेमा स्नो रिभर्स लिमिटेडको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ।
  • कम्पनीको सेयर असार १२ गतेदेखि दोस्रो बजारमा १०० देखि ३०० रुपैयाँको सुरुवाती मूल्य सीमामा (SNORL संकेतबाट) कारोबारमा आउनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, ११ असार

नेप्सेमा स्नो रिभर्स लिमिटेडको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ। सूचीकृत सेयरमा कम्पनीका संस्थापक शेयरधनीको सेयर र सर्वसाधारणका लागि निष्कासन गरिएको सेयर दुवै समावेश छन्। कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता सम्पन्न भएसँगै यसको सेयर आगामी असार १२ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको सुरुवाती मूल्य सीमा तोकेको छ।

कुल सूचीकृत ९३ लाख ७५ हजार कित्ता सेयरमध्ये कम्पनीले १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ती सेयर गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म बिक्री खुला गरेको थियो।

दोस्रो बजारमा स्नो रिभर्स लिमिटेडको सेयर एसएनओआरएल कारोबार संकेतबाट खरिदबिक्री हुनेछ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु