पात्रो

रेडियो

समाचार खोजी

मातृभूमि लघुवित्तद्वारा लाभांश वितरण नगर्ने घोषणा

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार
समाचार सारांश
  • मातृभूमि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
  • असार १० गते बसेको सञ्चालक समिति बैठकले गरेको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र पूर्ण हुनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, ११ असार                                                                                                                                                                                                                        

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। असार १० गते बुधबार बसेको लघुवित्तको १८५औँ सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले स्वीकृत गरेको यस वित्तीय विवरणलाई अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइने कम्पनीले जनाएको छ। केन्द्रीय बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र यो विवरण पूर्ण रूपमा अनुमोदन हुनेछ। धितोपत्र दोस्रो बजारमा मातृभूमि लघुवित्तको अन्तिम सेयर मूल्य प्रतिइकाई ८६४ रुपैयाँमा बन्द भएको थियो।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु