सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सोमबार अपरान्ह तीन बजे बसेको सञ्चालक समितिको बैठकले कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा चार प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश ेरहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
साझा अर्थ संवाददाता