पात्रो

रेडियो

समाचार खोजी

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा एनबीपीए अवार्ड्स २०२५ वितरण

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था इकानले वित्तीय प्रतिवेदन प्रणाली, पारदर्शिता, सुशासन र उत्तरदायित्वमा उत्कृष्ट ठहरिएका वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनी तथा व्यावसायिक प्रतिष्ठानहरूलाई राष्ट्रिय उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन एनबीपीए अवार्ड्स २०२५ प्रदान गरेको छ। संस्थाका अनुसार वित्तीय प्रतिवेदनमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन र जिम्मेवार वित्तीय अभ्यासलाई प्रोत्साहन गर्न यो विधामा पुरस्कार प्रदान गरिँदै आएको हो।

यस वर्षको पुरस्कार विजेताहरूमध्ये निजी बैंकिङ विधा तर्फ नबिल बैंकले स्वर्ण पदक प्राप्त गरेको छ भने विकास बैंक विधा तर्फ कामना सेवा विकास बैंक लिमिटेडले स्वर्ण पदक जितेको छ। यसैगरी जीवन बिमा तर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र निर्जीवन बिमा विधा तर्फ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड उत्कृष्ट विजेता बनेका छन्। इकानका अनुसार यहाँ उत्कृष्ट हुने राष्ट्रिय विजेताहरूले दक्षिण एसियाली एकाउन्टेन्ट्स महासंघ साफाद्वारा आयोजित क्षेत्रीय पुरस्कार प्रतिस्पर्धामा भाग लिन पाउनेछन्।

34 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु