पात्रो

रेडियो

समाचार खोजी

कार्यवाहक गभर्नर पण्डित भन्छन्ः मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असारः नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले सरकारको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्नुका साथै मुद्रास्फीति र वित्तीय स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित एक कार्यक्रममा उहाँले मंगलवार सो कुरा बताउनु भएको हो । 
 कार्यक्रममा उहाँले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेकोमा जोड दिँदै बजारमा सिर्जित अपेक्षाहरूलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने  आवश्यकता औँल्याउनुभयो । कोभिड–१९ महामारीका क्रममा लागू भएका कर्जा पुनर्संरचनालगायत व्यवस्थाको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै डिजिटल चुनौती, फिनटेक, ओपन बैंकिङ र प्रविधिजन्य जोखिम व्यवस्थापनलाई मौद्रिक नीतिको प्रमुख एजेन्डाका रूपमा लिनुपर्नेमा उहाँको जोड थियो ।  त्यस्तै, नीति निर्माता र सर्वसाधारणबीचको दूरी घटाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पण्डीतले युवा, किसान तथा तल्लो तहका नागरिकका समस्या नीति निर्माणमा प्रतिबिम्बित हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बैंकिङ क्षेत्र गम्भीर दबाबमा रहेको उल्लेख गर्दै बैंकहरू ६० अर्बभन्दा बढी गैर–बैंकिङ सम्पत्तिमा फसेको बताउनुभयो । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकको औसत प्रतिफल करिब ७ प्रतिशतमा सीमित रहेको दाबी गर्दै नियामकीय सुधारको आवश्यकता औँल्याउनुभयो ।
बैंकिङ विज्ञ अलनराज भट्टराईले करिब ८० खर्ब तरलता, न्यून ब्याजदर र ऋण प्रवाह क्षमता हुँदाहुँदै निजी क्षेत्रबाट कर्जाको माग नबढ्नु मुख्य चुनौती भएको बताउनुभयो । निष्क्रिय कर्जा ४.३६ प्रतिशत पुगेको, कर्जा विस्तार ५.७ प्रतिशतमा सीमित रहेको तथा छोटो अवधिको निक्षेपमा दीर्घकालीन ऋण प्रवाहले संरचनागत समस्या देखाएको उहाँको भनाइ थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘घाँटी हेरेर हाड निल्ने’ नीतिअनुसार कर्जा विस्तार गर्न आग्रह गर्नुभयो ।

80 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु