पात्रो

रेडियो

समाचार खोजी

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३५ अर्बको ऋणपत्र जारी गर्दै

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोधन गर्न आज ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नाम दिइएको उक्त नयाँ वित्तीय उपकरण निष्कासन गर्न लागेको हो। यो ऋणपत्र खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन पाउनेछन्।

एक वर्षे अवधिको यस ऋणपत्रका लागि आज मध्याह्न ३:०० बजेसम्म अनलाइनमार्फत बोलकबोल प्रक्रिया खुला रहनेछ। प्रतिस्पर्धात्मक बोलकबोलको माध्यमबाटै यसको ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको सावाँ भुक्तानी २०८४ असार १६ गते हुनेछ भने आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। वित्तीय संस्थाहरूले यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंकहरूमा धितोका रूपमा राखेर कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्। बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु