पात्रो

रेडियो

समाचार खोजी

मर्मत सम्भारपछि १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा अवस्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाले मर्मत सम्भारका लागि गरिएको पूर्वनिर्धारित बन्द (शटडाउन) पछि हिजो असार १५ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको छ। मनसुन सुरु हुनुअघि अति आवश्यक मर्मत कार्य सम्पन्न गर्न आयोजनाले गत जेठ २६ गतेदेखि असार १४ गतेसम्मका लागि उत्पादन पूर्ण रूपमा बन्द गरेको थियो। गत वर्ष असार २४ गते आएको भीषण ग्लेसियर फ्लड का कारण आयोजनाको भौतिक संरचना र इलेक्ट्रो-मेकानिकल उपकरणहरूमा ठूलो क्षति पुगेपछि यसपटक सोको दीर्घकालीन पुनर्स्थापना गरिएको हो।

कम्पनीका अनुसार आयोजनाका तीनवटै उत्पादन युनिटहरू अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। वर्षातको समयमा आउन सक्ने सम्भावित बाढी र प्राविधिक अवरोधलाई मध्यनजर गर्दै बाँध क्षेत्र र पावरहाउसका उपकरणहरूको मर्मत कार्य बेलैमा सकिएकाले यस मनसुनभर पूर्ण क्षमतामा निर्बाध रूपमा विद्युत उत्पादन हुने विश्वास कम्पनीले लिएको छ। राष्ट्रिय प्रसारण प्रणालीमा १११ मेगावाट बिजुली पुनः जोडिएसँगै ऊर्जा आपूर्तिमा थप सहजता आउने देखिन्छ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु