पात्रो

रेडियो

समाचार खोजी

४५ अर्बको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौं,१७ असारः नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने गर्दैछ ।  बैंकिङ प्रणालीमा थुप्रिएको  अधिक तरलता व्यवस्थापन गर्न बैंकले सोऋणपत्र जारी गर्नलागेको हो । 
राष्ट्र बैंकले  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्नलागेको सूचना मार्फत जानकारी दिएको छ ।  ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।  मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ ।  बोलकबोलका बाट ब्याजदरको निर्धारण हुने राष्ट्रबैङ्कको भनाई रहेको छ । ऋणपत्रको  साँव भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा समेत प्रयोग गर्न सकिनेछ । प्रणालीमा थुप्रिएको अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेपसंकलन उपकरणको प्रयोग गदै बजार बाट रकम प्रशोचण गर्ने गर्दछ ।          

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु