पात्रो

रेडियो

समाचार खोजी

आजदेखि हिमालयन ऊर्जाको साढे १४ लाख कित्ता सेयर लिलामीमा

साझा अर्थ संवाददाता ७ असोज २०८१, सोमवार

हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण शेयर आजदेखि लिलाम बिक्रीमा खुल्ला  भएको छ ।

कम्पनीको  यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको उक्त शेयर कम्पनीले लिलामीमा बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । इच्छुक आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै शेयरका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार आगामी असोज १४ गतेसम्म लिलामी शेयरमा आवेदन दिन सकिने छ । 

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । आइतबार बजार बन्द हुँदा दोस्रो बजारमा उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता २२४ रुपैयाँ छ । 

333 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता