पात्रो

रेडियो

समाचार खोजी

ट्रम्पको चेतावनीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौँ, ८ असार :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता नभएमा पुनः बमबारी सुरु गर्न सक्ने र विश्वकै प्रमुख तेल आपूर्ति मार्ग 'स्ट्रेट अफ हर्मुज' आफ्नो नियन्त्रणमा लिन सक्ने चेतावनी दिएपछि आज सोमबार असार ८ गते विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजारमा गिरावट आएको छ।

ट्रम्पको उक्त भनाइ सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिब्यारेल ८१.६६ डलर पुगेको छ भने अमेरिकी क्रुड २.४ प्रतिशतले जम्प गर्दै प्रतिब्यारेल ७७.६६ डलर कायम भएको छ। वासिङ्टनले पुराना प्रतिबद्धताहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्ने धम्की दिएको केही समयपछि नै ट्रम्पले फक्स न्युजमार्फत यस्तो जवाफी चेतावनी दिएका हुन्। स्विट्जरल्याण्डमा दुई पक्षबीच भएको वार्ता निष्कर्षविहीन बने पनि वार्ता अझै जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

भूराजनीतिक तनावको सीधा असर सेयर बजारमा समेत देखिएको छ। अमेरिकी सेयर बजार वाल स्ट्रिटमा डाउ जोन्स र एस एण्ड पी ५०० फ्युचर्स दुवै ०.४ प्रतिशतले घटेका छन् भने नास्डाक फ्युचर्समा ०.६ प्रतिशतको गिरावट आएको छ। हाल अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ३.९४ डलर कायम छ, जुन एक महिना अघिको तुलनामा १४ प्रतिशतले कम भए पनि द्वन्द्व सुरु हुनुअघिको अवस्थाभन्दा अझै करिब एक डलरले बढी हो।

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु