पात्रो

रेडियो

समाचार खोजी

TVS NTORQ ले १.५ लाख प्रयोगकर्ता पार गर्दै शिवपुरीमा उत्सव राइड आयोजना

साझा अर्थ संवाददाता ३ वैशाख २०८३, बिहिवार

काठमाडौँ : TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक Jagdamba Motors ले NTORQ स्कुटर प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको जनाएको छ। कम्पनीका अनुसार यो उपलब्धिले नेपाली बजारमा NTORQ को लोकप्रियता झन् मजबुत भएको संकेत गर्दछ।

यस अवसरमा कम्पनीले चैत २९ गते NTORQ Owners Group (NOG) राइड आयोजना गरेको थियो। नक्सालस्थित TVS शोरुमबाट सुरु भएको राइड शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्टसम्म पुगेको थियो।

कार्यक्रममा ५० भन्दा बढी ग्राहक, २० भन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा सञ्चारकर्मी गरी कुल ७० भन्दा बढी सहभागी थिए।

राइड अन्तर्गत सहभागीहरूलाई सुरक्षित सवारी तथा समूहमा राइडिङ सम्बन्धी तालिम प्रदान गरिएको थियो। साथै, अनुभव आदानप्रदान, विभिन्न खेलकुद गतिविधि तथा पुरस्कार वितरण कार्यक्रम पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले NTORQ ले नेपालमा १.५ लाख प्रयोगकर्ताको माइलस्टोन पार गर्नु ग्राहकहरूको विश्वास र उत्साहको संकेत भएको बताए।

कम्पनीका अनुसार NTORQ स्कुटरले युवामाझ आफ्नो बजार विस्तार गर्दै आएको छ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु