पात्रो

रेडियो

समाचार खोजी

एकान्तकुना यातायात कार्यालयको आग्रह "लाइसेन्स लिन आइहाल्नुहोस्"

साझा अर्थ संवाददाता १२ असार २०८३, शुक्रवार

काठमाडौँ, १२ असार : यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले प्रिन्ट भएर आइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र बुझिलिन सेवाग्राहीहरूलाई अनुरोध गरेको छ। कार्यालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै हाल कार्यालयमा भिडभाड एकदमै कम रहेकाले सेवाग्राहीले सहज रूपमा आफ्नो लाइसेन्स लिन सक्ने जनाएको हो। वितरण कार्यलाई छिटोछरितो बनाउन कार्यालयले हाल १२ वटा छुट्टाछुट्टै कोठाबाट लाइसेन्स वितरण गरिरहेको छ।

सेवाग्राहीको सहजताका लागि कार्यालयले आफ्नो लाइसेन्स कुन कोठामा छ भनेर अनलाइनबाटै हेर्न सकिने डिजिटल व्यवस्था समेत मिलाएको छ। यसका लागि सेवाग्राहीले कार्यालयको आधिकारिक वेबसाइट printekantakuna.bagamati.gov.np मा गई 'Check' अप्सनमा क्लिक गरेर आफ्नो विवरण प्रविष्ट गरी कोठा नम्बर पत्ता लगाउन सक्नेछन्। विवरण सरकारी पोर्टलमा रुजु गरेर मात्र कार्यालय जान यातायात कार्यालयले आग्रह गरेको छ।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु