पात्रो

रेडियो

समाचार खोजी

बैंकिङ प्रणालीबाट  ७० अर्ब रुपैयाँ  प्रशाेचण गर्दै  नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता २२ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २२ जेठः बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउने क्रमलाई तीव्र पारेको छ। निक्षेप संकलन उपकरणको प्रयोग गर्दै केन्द्रीय बैंकले आज जेठ २२ गते बैंकिङ प्रणालीबाट थप ७० अर्ब रुपैयाँ तान्न लागेको हो।

बजारमा थुप्रिएको रकमका कारण ब्याजदरमा अस्वाभाविक गिरावट नआओस् भन्नका लागि राष्ट्र बैंकले यो कदम चालेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सुरु हुने बैंकले जनाएको छ। यो योजनामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

इच्छुक संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७७ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो भदौ ५ गते गरिने राष्ट्र बैंकले जनाएको छ। कर्जाको माग सुस्त हुँदा बैंकहरूमा रकम थुप्रिने क्रम बढेपछि केन्द्रीय बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु