काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर १५२.२७ रुपैयाँ र बिक्री दर १५२.८७ रुपैयाँ तोकिएको छ। युरोपियन युरो एकको खरिद १७६.२१ र बिक्री १७६.९१ रुपैयाँ कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद २०४.०५ र बिक्री २०४.८५ रुपैयाँ रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद १९१.३९ र बिक्री १९२.१४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद १०७.४७ र बिक्री १०७.९० रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिद १०९.३१ र बिक्री १०९.७५ रुपैयाँ रहेको छ।
यसैगरी सिंगापुर डलर एकको खरिद ११८.४७ र बिक्री ११८.९४ रुपैयाँ, जापानी येन १० को खरिद ९.५१ र बिक्री ९.५५ रुपैयाँ र चिनियाँ युआन एकको खरिद २२.४९ र बिक्री २२.५८ रुपैयाँ तोकिएको छ। साउदी रियाल एकको खरिद ४०.५६ र बिक्री ४०.७२ रुपैयाँ, कतारी रियाल एकको खरिद ४१.७७ र बिक्री ४१.९३ रुपैयाँ, थाई बाथ एकको खरिद ४.६४ र बिक्री ४.६६ रुपैयाँ, यूएई दिराम एकको खरिद ४१.४६ र बिक्री ४१.६२ रुपैयाँ र मलेसियन रिङ्गेट एकको खरिद ३७.५० र बिक्री ३७.६४ रुपैयाँ रहेको छ।
त्यस्तै, दक्षिण कोरियाली वन १०० को खरिद ९.९९ र बिक्री १०.०३ रुपैयाँ, स्विडेनी क्रोनर एकको खरिद १६.१९ र बिक्री १६.२५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिद २३.५८ र बिक्री २३.६७ रुपैयाँ तथा हङकङ डलर एकको खरिद १९.४३ र बिक्री १९.५१ रुपैयाँ कायम गरिएको छ। कुवेती दिनार एकको खरिद ४९५.५९ र बिक्री ४९७.५४ रुपैयाँ, बहराइन दिनार एकको खरिद ४०३.८२ र बिक्री ४०५.४१ रुपैयाँ र ओमानी रियाल एकको खरिद ३९५.४८ र बिक्री ३९७.०४ रुपैयाँ रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ तोकिएको छ।