पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट कलरको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता २२ जेठ २०८३, शुक्रवार

जेठ २२, काठमाडौः एभरेष्ट कलर लिमिटेडको आइपीओ निष्काशन तथा बिक्री आजबाट खुल्ला भएको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि सो आईपीओ निष्काशन तथा बिक्री खुल्ला भएको हो । 
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियमक निकायबाट पाएको थियो। सो मध्ये बैदेसिक रोजगारीमा रहेका, कर्मचारीहरुकालागि छुट्याइएको र सामूहिक लगानीकोषका लागि छुट्याइएको आइपीओ बाडफाँट भइसकेको छ । 
कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको जनाएको छ । 
आइपीओ निष्काशन बन्द छिटोमा जेठ २७ गतेसम्म तथा ढिलोमा असार ५ गते बन्दहुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड ले जनाएको छ ।

28 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ