पात्रो

रेडियो

समाचार खोजी

माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर लाभांश दिने

साझा अर्थ संवाददाता १९ जेठ २०८३, मङ्गलवार

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त दरको बोनस शेयर र सोको कर प्रयोजनार्थ केही नगद लाभांश पनि दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयरसहित कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। यो निर्णय कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले गरेको हो। 

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति लिने र त्यसपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन प्राप्त भएपश्चात मात्र शेयरधनीहरूलाई लाभांश वितरण गरिने जनाएको छ। साधारण सभाको मिति घोषणा हुन बाँकी छ।             

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु