पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि निष्काशन तथा बिक्रि खुल्ला हुने

साझा अर्थ संवाददाता १९ जेठ २०८३, मङ्गलवार

काठमाडौं – सर्वोत्तम पेन्ट्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जेठ २८ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले उक्त दिनदेखि आईपीओ निष्काशन तथा विक्री खुल्ला गर्न लागेको हो।

कम्पनीले कुल ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्ने जनाएको छ। 

आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको ऋण समयमा चुक्ता गर्ने क्षमतालाई औसत जोखिमसहित मध्यम स्तरको संकेत गर्दछ।

आईपीओ निष्काशन बन्द हुने मिति भने छिटोमा असार २ गते र ढिलोमा असार ११ गते रहने कम्पनीले जनाएको छ। लगानीकर्ताले यही अवधिभित्र आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु