पात्रो

रेडियो

समाचार खोजी

कालंगा हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन सकिने

साझा अर्थ संवाददाता १३ जेठ २०८३, बुधवार

काठमाडौंःकालंगा हाइड्रो लिमिटेडको आइपीओमा आज सम्म आवेदन दिन सकिनेछ  । आज आवेदन दिने अन्तिम मिति भएकोले सो आवेदन दिन आज सम्म सकिने भएको हो । कम्पनीले सर्वसाधारणकालागि  जेठ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । 
कम्पनीले पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको मा स्थानीय प्रभावित तथा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुकालागि शेयर निष्काशन तथा बाँटफाँट गरिसकेको छ । यस्तै,सामूहिक लगानी कोषहरुका लागि र  कर्मचारीहरुका लागि छुट्याइएको शेयर पनि बाँडफाँट गरिसकेको छ । 
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ । कम्पनीले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

87 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु