पात्रो

रेडियो

समाचार खोजी

बैदेशिक व्यापार घाटा १५ प्रतिशतले बढ्यो

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

काठमाडौँ, ०८ जेठ: चालू आर्थिक वर्ष २०८२/८३ को १० औँ महिनासम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार घाटा करिब १५ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशको निर्यातमा सुधार देखिए पनि आयातको अस्वाभाविक वृद्धिका कारण व्यापार घाटा १४.९२ प्रतिशतले बढेको हो।

यो अवधिमा नेपालको कुल आयात १४.८२ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ७४ अर्ब रुपैयाँ मात्र थियो। नेपालमा मुख्य गरी पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजार र फलामजन्य वस्तुहरूको आयात उच्च रहेको देखिन्छ। अर्कोतर्फ, देशको निर्यात १४.२५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। निर्याततर्फ सन्तुलन मिलाउन गलैँचा, तयारी पोशाक, चिया, कफी र प्रशोधित तेलले मुख्य योगदान दिएका छन्। तर, आयातको ठुलो आकारका अगाडि निर्यातको यो वृद्धि न्यून हुँदा मुलुकको व्यापार सन्तुलन झन् चुनौतीपूर्ण बनेको छ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ