पात्रो

रेडियो

समाचार खोजी

कलङ्गा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि २८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्द

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

काठमाडौँ, ०८ जेठ: जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने सर्वसाधारणका लागि खुसीको खबर छ। कलङ्गा हाइड्रो लिमिटेडले जेठ ८ गते देखि सर्वसाधारणका लागि आईपीओ को निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

कम्पनीले कुल निष्काशन गर्न लागेको सेयरमध्ये निश्चित प्रतिशत सेयर सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ भने बाँकी रहेको सेयर सर्वसाधारण लगानीकर्ताका लागि वितरण गरिनेछ। इच्छुक लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाटै सहजै आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सीमासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन चाँडोमा जेठ ११ गते बैंकिङ समयपछि बन्द हुने कार्यतालिका रहेको छ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ