पात्रो

रेडियो

समाचार खोजी

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ, ०६ जेठ: नेपालको सार्वजनिक ऋणको आकार तीव्र गतिमा बढ्दै सङ्कटको नयाँ उचाइतर्फ अघि बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाख मसान्तसम्मको ताजा प्रतिवेदन अनुसार मुलुकको कुल ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन चालु आर्थिक वर्षको १० महिनामा मात्रै ३ खर्ब १ अर्बले थपिएको हो। राष्ट्रिय जनगणनाको आधिकारिक जनसङ्ख्यालाई आधार मान्दा अहिले प्रत्येक नेपालीको भागमा औसत १ लाख २ हजार १५ रुपैयाँ ऋण पर्न आउँछ। कुल दायित्वमध्ये बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड (५३.५७ प्रतिशत) र आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ (४६.४३ प्रतिशत) रहेको छ। अमेरिकी डलर महँगिएका कारण मात्रै नेपालको वैदेशिक ऋणमा ३ खर्ब ९९ करोड रुपैयाँको अतिरिक्त भार थपिएको हो।

हाल नेपालको कुल ऋण र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ४५.०८ प्रतिशत पुगेको छ, जुन खतराको बिन्दु मानिने ५० प्रतिशतको सीमा नजिक हो। नेपालको अर्थतन्त्रका लागि सबैभन्दा चिन्ताजनक पक्ष भनेको ऋणको ठुलो हिस्सा उत्पादनमूलक क्षेत्रमा खर्च हुनुको सट्टा पुरानै सावाँ-ब्याज भुक्तानी र प्रशासनिक खर्चमा उपयोग हुनु हो। चालु आर्थिक वर्षको वैशाखसम्ममा मात्रै सरकारले २ खर्ब ९२ अर्ब ५२ करोड रुपैयाँ ऋणको सावाँ र ब्याज तिर्नमै खर्च गरिसकेको छ। 

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ