पात्रो

रेडियो

समाचार खोजी

घरजग्गा काराेबारबाट साढे ६ अर्ब राजस्व संकलन

साझा अर्थ संवाददाता ५ जेठ २०८३, मङ्गलवार

काठमाडौँ : शिथिल बनेको नेपालको घरजग्गा व्यवसाय (रियल इस्टेट) मा बिस्तारै सुधारका सङ्केतहरू देखिन थालेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागको ताजा तथ्याङ्क अनुसार सङ्घीय राजधानी काठमाडौँसहित देशभरका मालपोत कार्यालयहरूबाट गत बैशाख महिनामा मात्रै कुल ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। केही समययता उतारचढाव र मन्दीको सामना गरिरहेको यस क्षेत्रका लागि पछिल्लो दुई महिनाको वृद्धिले बजार बिस्तारै स्थायित्व र सुधारतर्फ अघि बढेको सङ्केत गरेको छ।

विभागका अनुसार बैशाख महिनाको यो राजस्व अघिल्लो महिना चैतको तुलनामा केही बढी हो। चैतमा देशभरबाट ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो। बैशाखमा सङ्कलित कुल ६ अर्ब २६ करोड रुपैयाँ राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ३१ करोड रुपैयाँ प्राप्त भएको छ। यसैगरी, पूँजीगत लाभकरबापत २ अर्ब ५५ करोड रुपैयाँ र सेवा करबापत ३४ करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने मुख्यमन्त्री स्वच्छता कोषका लागि ४ करोड ४८ लाख रुपैयाँ जम्मा भएको छ।

पछिल्ला महिनाहरूको तुलनात्मक अध्ययन गर्दा घरजग्गा कारोबार कोभिड अघिको उच्च विन्दुमा नपुगे पनि यसको लय सकारात्मक देखिएको छ। गत फागुन महिनामा ४ अर्ब १४ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएकोमा चैत र बैशाखमा लगातार भएको वृद्धिले रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह र खरिदबिक्री दुवै बढेको देखाउँछ। बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा कर्जाको ब्याजदरमा गरेको केही खुकुलोपन र नीतिगत लचकताका कारण बजारमा चहलपहल फर्किएको व्यवसायीहरूको भनाइ छ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ