पात्रो

रेडियो

समाचार खोजी

आँखुखोला जलबिद्युत्को साढे १७ लाख कित्ता साधारण सेयर लिलामीमा

साझा अर्थ संवाददाता ४ असोज २०८१, शुक्रवार

काठमाडौं ।  हकप्रद निष्कासनका क्रममा बिक्री नभएको आँखुखोला जलविद्युत् कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आउने भएको छ ।

असोज ११ गतेदेखि यस कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नबिल इन्भेस्टमेन्ट बैंकको नक्साल कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, पोखरा ९लेकसाइड०, नेपालगञ्ज, सुर्खेत ९बराहताल० तथा धनगढी शाखाबाट आवेदन दिन पाइनेछ । आवेदनको फारम तिनै कार्यालयमार्फत १ सय रुपैयाँ तिरेर लिन सकिनेछ ।  हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता २०७ रुपैयाँ छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ