पात्रो

रेडियो

समाचार खोजी

दोलखा उद्योग वाणिज्य संघमा सनत थापा र दिनेश पाठक विच अध्यक्षकालागि प्रतिश्पर्धाहुने

नवराज शिवाकोटी ३० वैशाख २०८३, बुधवार
समाचार सारांश
  • दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि सनत थापा र दिनेश पाठक आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
  • बैशाख ३१ गते हुने १६ औं अधिवेशनमा राजनीतिक दलको समर्थन भए पनि व्यवसायीहरूसँगको निकटताले नै जितहार निर्धारण गर्ने बताइएको छ।
This summary was generated by AI and has been editorially reviewed.

चरिकोट : दोलखा उद्योग वाणिज्य संघमा सनत थापा र दिनेश पाठक  विच अध्यक्ष पदकालागि प्यानल सहित प्रतिश्पर्धा हुने भएको छ ।  बुधवार दुवै जनाले प्यानल सहित उमेद्वारी दर्ता गरेपछी दुई पक्ष विच प्यानल सहित प्रतिश्पर्धा हुने भएको हो ।
थापा नेपाल उद्योग वाणिज्य संघबागमती प्रदेशका वर्तमान सदस्य हुनुहुन्छ भने पाठक दोलखा उद्योग वाणिज्य संघका वर्तमान प्रथम उपाध्यक्ष हुनु हुन्छ । 
थापा पक्षबाट बरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठ, उपाध्यक्षमा विवेक खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेस उप्रेति तथा सचिवमा अनिल रिजाल तथा कोषाध्यक्षमा रामशरण बस्नेत उमेद्वारी दिनु भएको छ । यस्तै सदस्यहरुमा  दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वती भण्डारी शर्मा, मागादेउराली शाखा सदस्यमा च्छो नाम्गेल तामाङ, सिगटी शाखा सदस्यमा रिमबहादुर ओली, एशोशियट सदस्यमा पुरुस्वतम बुढाथोकी तथा खुल्ला दुई सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेतिले उमेद्वारी दिनु भएको छ । 
यस्तै पाठक पक्षबाट बरिष्ठ उपाध्यक्षमा बिमल श्रेष्ठ, उपाध्यक्षमा बलाराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिवमा राजन थापा, सचिवमा हिमालप्रसाद न्यौपाने तथा कोषाध्यक्षमा चन्द्रबहादुर तामाङले उमेद्वारी दिनु भएको छ । यसैगरी सदस्यहरुमा  दलित सदस्यमा हरिकृष्ण नेपाली, महिला सदस्यमा लक्ष्मी बस्नेत चौलागाईं, मागादेउराली शाखा सदस्यमा झम्कबहादुर श्रेष्ठ, सिगटी शाखा सदस्यमा हिरो भित्रीकोटी, एशोशियट सदस्यमा प्रदिप शिवाकोटी तथा खुल्ला दुई सदस्यमा गम्भिरकुमार श्रेष्ठ र बाशु थापाले उमेद्वारी दिनु भएको मा एशोशियट सदस्य प्रदिप शिवाकाटीको अन्तिम नामावलीमा नाम नभएकोले उमेद्वारी खारेज भएको निर्वाचन समितिले जानकारी दिएको छ । 
मैना पोखरी शाखा सदस्यमा भने राजनकुमार दहालको मात्र उमेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । दोलखा उद्योग वाणिज्य संघको १६ औ अधिवेशन बैशाख ३१ गते हुँदै छ । 
थापालाई नेपाली काँग्रेस तथा नेपाली कम्युनिष्ट पार्टी निकटका ब्यावसायीहरुको समर्थन रहेको तथा पाठकलाई रास्वपा तथा नेकपा एमाले निकट ब्यावसायी हरुको समर्थन रहेको बताइन्छ । तर ब्यावसायीहरुको निर्वाचन भएकोले कुन पार्टीको निकट को भन्ने भन्दा पनि  ब्यावसायीहरुसँगको निकटताले उम्मेद्वारहरुको जितहार निर्धारण गर्ने दोलखाका एक ब्यावसायीले बताउनु भयो ।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

नवराज शिवाकोटी

उहाँले साझा अर्थको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ।

साझा अपडेटस्
साझा ट्रेन्डिङ